२८ मंसिर २०८२, आइतबार | December 14, 2025

द ब्रिटिस कलेजले टीबीसी जब फेयर गर्दै



काठमाडौ । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर ३.०) को आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गर्न लागेको हो ।

कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए, एमबिए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी हुन पाउनेछन् ।

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहनेछ ।
कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई क्षमताको आधारमा कामको अवसर दिनेछन् ।

त्यस्ता कम्पनीहरुमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्डआइडी, नेपाल पेमेन्ट सोलुसन (डिजीहब), सुबिसी केबलनेट, जिनिएस डिजाइन्स प्रा.लि, एक्ट ३६०, यति एयरलाइन्स, इसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङ र द ब्रिटिस कलेज रहेका छन् ।

द ब्रिटिस कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डल भन्छन्, ‘टीबीसीले हरेक वर्ष नेतृत्वदायी भुमिका खेल्दै आइरहेका कम्पनीहरु तथा विद्यार्थीहरुबीचको दूरीलाई नजिक बनाउनको लागि ब्रिजको रुपमा जब फेयरको आयोजना गर्दै आएको छ ।

जब फेयरमार्फत योग्य विद्यार्थीहरुले कामको अवसर पाउनुको साथै आफ्नो नेटवर्क विस्तार गर्न विशेष अवसर पाउनेछन् ।’
हाल कलेजमा अध्ययनरत तथा पूर्व विद्यार्थीहरुलाई सबैलाई जब फेयरमा सहभागी हुनको लागि कलेजले आग्रह गरेको छ । जब फेयर भन्दा अघि सहभागी हुन चाहने विद्यार्थीहरुले सर्वेक्षण फर्म भर्नुपर्नेछ ।

जब फेयरमा आउनचाहने विद्यार्थीहरुलाई कलेजले तालिम समेत प्रदान गर्नेछ । विज्ञहरुबाट व्यक्तिगत विवरण (सीभी) बनाउने, तथा क्षमताको बारेमा जानकारी प्रदान गर्ने तथा अन्तर्वार्ताको प्रस्तुति तथा कुराकानीको बारेमा सिकाइनेछ ।

द ब्रिटिस कलेजका स्टुडेन्ट इन्टर्नसिप अफेर्स हेड सुनिल श्रेष्ठले भने, ‘टिबिसीले विद्यार्थीहरुलाई हरेक तरिकाले निपुण बनाउन तालिम प्रदान गर्दै आइरहेको छ ।

उनीहरुलाई आवश्यक पर्ने सीप तथा तालिम ग्रयाजुयट हुनुपुर्व नै सिकिसकेका हुन्छन् । जब फेयर पनि यसै अन्तर्गत विद्यार्थीहरुको उदेश्य परिपुर्ति गर्नका लागि गरिदैँ आएको कार्यक्रम हो ।’

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ८ : ०९ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई