२८ मंसिर २०८२, आइतबार | December 14, 2025

आइएमईको दसैँ अफर : मोबाइल हातैमा, १० लाख खातैमा



काठमाडौ । आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूको अवसरमा दसैँ अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ ।

साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रू.२५,००० (पच्चिस हजार रुपैयाँ) उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रू. १०,००,००० (रुपैयाँ दश लाख) उपहार स्वरूप प्रदान गरिनेछ ।

बुधवार पानीपोखरी काठमाडौंस्थित आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत उक्त अफर सार्वजनिक गरिएको हो । अफर सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्राण्ड एम्बासडर दीपकराज गिरी, आइएमई ग्रुपका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेललगायत ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अफर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले आफ्नो स्थापनादेखि नै यस्ता अफर ल्याउँदै आएको स्मरण गर्दै यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीवीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने बताए ।

देशको आर्थिक क्रियाकलापमा रेमिटेन्सको भूमिका महत्त्वपूर्ण छ भन्ने कुरा अहिले आएर झनै प्रष्ट भएको छ । त्यसैले विदेशबाट आउने रेमिटेन्स बढाउन हामी सबैले अ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । रेमिटेन्स आप्रवाहलाई बढाउन, रेमिटेन्स पठाउँदा औपचारिक माध्यमबाट नै पठाउन यस्ता अफरहरूको आवश्यकता पर्दछ अध्यक्ष ढकालले उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै ब्राण्ड एम्बासडर दीपकराज गिरीले सधैं जस्तो यसपटक पनि आइएमईको अफरमा सहभागी हुन् आम सेवाग्राहीहरूलाई आग्रह गरे । भाइस प्रेसिडेन्ट रूद्रराज पौडेलले सधैं आम सेवाग्राहीहरूलाई सरल, सुलभ र विश्वस्तरीय रेमिटेन्स सेवा प्रदान गर्न आइएमई प्रतिवद्ध रहेको बताउँदै चाडपर्वको समयमा रेमिटेन्स आप्रवाह बढ्ता हुने हुँदा समयमै झन्झटरहित ढंगले रेमिटेन्स सेवा दिन कम्पनीले त्यहिँ अनुरूपको तयारी पुरा गरेको बताए ।

कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।
यस सम्बन्धि विस्तृत जानकारीका लागि हाम्रा आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित हाम्रा सम्पर्क कार्यालयहरू, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयहरूका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ । अफरलाई व्यवस्थित ढंगले संचालन गर्नका लागि कम्पनीले संचालन गरेका सेवा र शर्तहरूको अक्षरस पालन गर्नु गराउनुपर्नेछ ।

अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ८ : ०१ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%