१२ पुस २०८१, शुक्रबार | December 27, 2024

रुरुमा जन्मिएकी चेली रेखालाई तीजमा रुरु मिलन केन्द्रको कोशेली, श्रीमानको उपचार गर्न ६ लाख



बुटवल । तीज आउन अब ३ दिनमात्रै बाँकी छ । तीजको अवसरमा यस क्षेत्रमा विभिन्न कार्यक्रमहरु भईरहेका छन् । टोल विकास संस्थादेखि विभिन्न संघ संस्थाले आयोजना गरिएका कार्यक्रमले बुटवल क्षेत्रका अधिकांश होटलहरु दिनहुँ टनाटन भरिएका छन् । कतै रमाइलोका लागी मात्रै तीज विशेष कार्यक्रम भएका छन् त कतै तीज पर्व संगै सामाजिक कार्यपनि भएका छन् । त्यस्तै फरक प्रकृतिको कार्यक्रम आयोजना गरेर साच्चिकै नेपाली नारीको दुखमा माईतीको आगँन बनेको छ, रुपन्देहीमा स्थापना गरिएको संस्था रुरु मिलन केन्द्र ।

रुरु मिलन केन्द्र, गुल्मी रुरु क्षेत्रमा जन्मिएका र बुटवलमा आएर कर्म गरी बसेका वा यतै बसाँईसराई गरेका व्यक्तिहरुको सस्था हो । रुरु मिलन केन्द्र नेपालले शुक्रबार आयोजना गरेको तीजमिलन कार्यक्रम रमाइलोका लागि मात्र नभएर मृगौला पीडितलाई आर्थिक सहयोग गर्ने कार्यक्रम पनि बन्यो । तीज मिलनकै अवसरमा कार्यक्रममा रुरुमा जन्मिएकी चेली रेखा श्रेष्ठका श्रीमान मृगौला पीडित भरत प्रसाद श्रेष्ठको स्वास्थ्य उपचारका लागी केन्द्रले ६ लाख ८ हजार २३९ रुपैयाँ प्रदान गरेको छ । तीजका बेलामा गरेको यो सहयोग राहतमात्र नभएर संस्थाले रेखाको माईतीको दायीत्व पुरा गरेको छ ।

पिडीत श्रेष्ठका श्रीमती रेखा श्रेष्ठले रुरु मिलन केन्द्रले अगाडी बढाएको सहयोगले आज आफु तीजमा रमाइलो गर्न सजिएर आउन सकेको बताईन् । उनले यसो भनिरहदा कार्यक्रममा उपस्थित सबैका आँखा रसाएका थिए । केन्द्रले विशेष गरि आप्mनो गाँउ ठाउमा जन्मिएका र पिडामा भएका व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि रुरुकी गुरुआमा कमला थैव र अध्यक्ष जमुना सुवेदी पोखरेल लगायतले सहयोग रकम प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै केन्द्र नेपालका अध्यक्ष जमुना सुवेदी पोखरेलले एकै ठाउँमा जन्मिएका दिदीबहिनी सगंको भेट स्मरणीय हुने बताउदै तीजपर्वको साँस्कृतिक र यस्ता पर्वको सबै मिलेर जगेर्ना गर्नु पर्दछ भनेर र समाजका सकारात्मक सन्देश प्रबाह गर्नका लागी कार्यक्रमको आयोजना गरिएको बताईन् । सुवेदीले रुरु मिलन केन्द्रमा आवद्ध महिलाहरुलाई उद्यम संग जोड्ने योजना रहेको पनि सुनाइन् ।

प्रमुख अतिथि कमला थैवले रुरु मिलन केन्द्रले गरेका हरेक गतिविधिले समाजमा राम्रो सन्देश फैलाउन सफल रहेको बताईन् । तीज पर्वले सबै महिलाको उन्नती प्रगतिको कामना गर्दै सबै दिदिबहिनी समेटेर अगाडि बढ्न सुझाव दिइन् ।

साधारणसभालाई पनि सँगै जोडिएको सो कार्यक्रममा सस्थाका अध्यक्ष जमुना सुवेदी पोखरेलले अध्यक्षको प्रतिबेदन र कोषाध्यक्ष कुसुम पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आर्ट अफ लिभिङ्गका प्रशिक्षक भारती जोशीले महिलाहरुले आफना लागी दिनमा १ घण्टा भएपनि समय निकालेर साधना गर्न अनुरोध गर्दै व्यक्तिगत साधनामा लाग्न सके सकारात्मक सोचका साथै जीवन उर्जामय हुन मद्दत पुग्ने बताइन् ।

संस्थाका सचिव अनुपमा श्रेष्ठको सञ्चालन, उपाध्यक्ष रमा पाण्डेको स्वागतमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष राधा ज्ञवाली, बुटवल लेडि जेसिजका सिनेटर राधिका पोखरेल, पत्रकार अस्मिना पाण्डे लगायतले बोल्दै तिज पर्वलाई सरल, सहज र सास्कृतिक महत्वसंग जोड्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ११ : २१ बजे

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा

रसुवा । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा

आफै सुतेको बिस्तरामा आगो लागेर पौडेलको मृत्यु

खजुरा । बाँकेको खजुरामा आफै सुतेको बिस्तरामा आगो लागेर एक

भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन

भीम रावलले स्पष्टीकरण पनि दिनु भएन, अनुशासनहिन काम गरे पछि कारबाही: महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल पार्टी

भेरी-बबई बहुउद्देश्यीय आयोजनाको प्रगति बारे मुख्यमन्त्री आचार्यको चासो

बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन