४ बैशाख २०८२, बिहिबार | April 17, 2025

भारतमा दैनिक १५ हजार संक्रमित थपिने चिनिया अनुसन्धानकर्ताको प्रक्षेपण



एजेन्सी । चिनियाँ अनुसन्धानकर्ताले चालु महिनाको मध्यदेखि भारतमा दैनिक १५ हजार सम्म नयाँ कोरोना संक्रमित फेला पर्न सक्ने अनुमान प्रक्षेपण गरेका छन् । उत्तरपूर्वी चीनको गान्सु प्रान्तको लनझाउ विश्वविद्यालयका अनुसनधानकर्ताले १ सय ८० मुलुकको दैनिक संक्रमितबारे प्रक्षेपण गर्नेक्रममा भारतबारे यस्तो प्रक्षेपण सार्वजानिक गरेको हो ।

अनुसन्धानकर्ताले यस अघि जुन २ मा भारतमा ९ हजार २ सय ९१ संक्रमित भेटिने प्रक्षेपण गरेका थिए। भारतको आधिकारिक तथ्याङ्क आउँदा यो संख्या थोरैले मात्र फरक परेको देखियो। जुन २ मा भारतमा ८ हजार ९ सय ९ संक्रमित भेटिएको छ ।

अनुसन्धान रिपोर्टअनुसार अब भारतमा क्रमशः ९ हजार ६ सय ७६, १० हजार ७६, १० हजार ४ सय ९८, १० हजार ९ सय ३६ हरेक दिन नयाँ संक्रमित थपिनेछन् ।

गत शुक्रवार भारतमा ७ हजार ४ सय ६७ जना थप संक्रमित भेटिएका थिए। चिनियाँ अनुसन्धानकर्ताले ७ हजार ६ सय ७ संक्रमित भेटिने प्रक्षेपण गरेका थिए।

अनुसन्धानमा अमेरिकामा लगातार ३० हजार नयाँ संक्रमित थपिने तथा युरोपेली मुलुकहरुमा क्रमसः नयाँ संक्रमितको संख्या घट्दै जाने देखिएको छ ।

चिनियाँ अनुसन्धानकर्ताले अनुसन्धानको तथ्याङ्क कसरी तयार गरिरहेको हो भन्ने चाहिँ खुलाएका छैनन्। भाइरसको फैलावटलाई जनसंख्या, क्वारेन्टाइनको अवस्था लगायत वातावरणीय प्रभाव लगायतका आधारमा विश्लेषण गरिएको हो, अनुसन्धानमा जुटेका हुवाङ जिनपिङले भनेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ४ : ४९ बजे

एकैदिनमा ३ हजार ६ सयले बढ्यो सुनको मूल्य, अहिले सम्मकै उच्च

काठमाडौं । सुनको मुल्य एकै दिन ३ हजार ६०० रूपैयाँले

वर्तमान सरकार बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको हो : अध्यक्ष प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

काठमाडौँ । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध

एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख

बिस्काःसगुन जात्रा सम्पन्न

भादगाउँ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं