७ आश्विन २०८१, सोमबार | September 24, 2024

वाणिज्य बैंकहरूमा फेरि बढ्न थाल्यो निक्षेप



काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आउन थालेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ । जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो ।

सोमबार भने बैंकहरूको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो । यता, केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा लगानीमा पनि केही विस्तार भएको छ ।

सोमबारसम्म ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको कर्जा लगानी मंगलबारसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको हो । एकदिनमै कर्जा लगानी तीन अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ११ : ५७ बजे

तिनाउको ड्याममा डुबेर एक भारतीय युवकको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित तिनाउ खोलाको पावर

गुल्मीमा सुक्खा पहिरोमा परी एक महिला बेपत्ता

गुल्मी । सुक्खा पहिरोमा परी गुल्मी मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित

संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतान्त्रिक आन्दोलनलाई

मेलम्चीमा भ्रष्ट्राचार गर्ने पूर्वसचिवसहित चार जनालाई ८ बर्षको जेल सजाय

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका