२७ पुस २०८१, शनिबार | January 11, 2025

कोरोना कहरको दुई वर्षपछि बुटवलमा कृष्ण लिला प्रर्दशनको तयारी तिब्र



बुटवल । हरेक वर्ष गरिदै आएपनि विगत २ वर्षबाट स्थगन गरिएकोे श्रीकृष्ण जात्रा तथा जन्माष्टमी उत्सव यो वर्ष भब्य रुपमा मनाईने भएको छ । कोभिड संक्रमणका कारण दुई वर्ष रोकिएको पर्व यसवर्ष भने भव्यरुपमा मनाईने भएको हो ।

श्री राधाकृष्ण अमर किर्तन मन्दिर ब्यवस्थापन समितिको आयोजनामा बिहिबारका लागि बुटवलमा भब्यरुपमा जन्माष्टमी उत्सव उवं श्रीकृष्ण जात्राले भब्य रुपमा मनाउने तयारी पुरा भएको आयोजकले जनाएको छ ।

कृष्ण जन्माष्टमी श्रीकृष्ण जयन्तीका रुपमा देशभर भब्य रुपमा मनाउने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको रुपमा हिन्दू धर्मावलम्बीहरुले विशेष पुजाआजा र व्रत बसी यो पर्व मनाउने गर्दछन । जन्माष्टमीमा विशेष झाँकीसहित मेला लगाउने परम्पराको बुटवलमा थालनी भएको लामो समय भएको छ ।

विसं २०१० सालदेखि पारी बुटवलमा जन्माष्टमी पर्व मनाउदै आएको ईतिहास छ । तत्कालिन समयमा स्थानिय रामबकस कशौधनको अगुवाईमा जोगीलाल कशौधनसहितको तत्कालिन युवाहरुले गढीटोलमा कृष्णजन्माष्टमीमा झाँकी प्रदर्शन गर्ने परम्परा गराएका थिए । उनीहरुपछि जुक्कीलाल कशौधन र राधेश्याम कशौधनले निरन्तरता दिदै आएका थिए । यता वडा नं.३ को सोठी टोलमा भने मुरली प्रसाद कशौधनले आधुनिक स्वरुपमा कलाकृतिको प्रदर्शन गर्ने परम्परालाई शुरु गरेको स्थानीयबासी स्मरण गर्दछन् ।

त्यसपछि साई मन्दिरमा वि.सं.२०५३ सालदेखि झाँकी देखाउन थालिएको हो । जसमा मुरलीलाई कपिल कशौधन र शितल वर्नवालले सघाएका थिए । यस क्षेत्रमा उनि अहिले एकमात्र पुराना अगुवा मानिन्छन् ।

कृष्ण जन्माष्टमीको महत्वलाई नया पुस्तालाय बताउने र धार्मिक, सस्कृति महत्वलाई बचाउने उद्देश्यका साथ झाकीहरु प्रदर्शन गर्दै आएको मुरली कशौधनले बताए । बुटवलमा जन्माष्टमीको झाँकी तयारीको काम गर्दै आएका मुरलीप्रसाद कशौधन अहिले झाँकी प्रर्दशन धेरै ब्यवस्थित भएको दाबी गर्छन ।

कशौधनका अनुसार झाँकी प्रदेशनकै क्रममा समितिका पदाधिकारी, सदस्य, सल्लाहकार र अन्य शुभचिन्तक महानुभावहरुबाट संकलन गरिएको रकमबाट अहिले अक्षयकोष खडा गरिएको छ । शुरुवातका वर्षमा झाँकी निकाल्नका लागी स्थाई आयश्रोत नहुँदा घरदैलोमा चन्दा माग्नुपर्ने अवस्था रहेको थियो । ‘झाकी अक्षयकोष खडा भएपछि वार्षिक रुपमा कार्यक्रम गर्न सहज भएको छ ।’– उनले भने । दुई दशक बढी समयदेखि राधाकृष्ण मन्दिरमा उनी निरन्तर झाँकीको निमार्ण गर्दै आएका छन ।

श्रीकृष्णको जन्म, बिभिन्न धार्मिक नृत्यहरु, प्राचिन झाँकीहरु र रथयात्रा समारोहको आयोजना गरिने मनाईने भएको राधाकृष्ण मन्दिरमा ब्यवस्थापन समितिका अध्यक्ष अरुणकुमार श्रेष्ठले बताए ।

श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले जन्माष्टमीको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । तिन दिनसम्म कृष्ण मन्दिरहरुमा मेला लाग्ने भएपनि ब्यवस्थित रुपमा मनाउने परम्पराको शुरुवात बुटवल ५ स्थित श्री राधाकृष्ण अमर किर्तन मन्दिर ब्यवस्थापन समितिले गर्दै आएको छ ।

धर्मसंस्कृतिको संरक्षणका साथै कृष्णका लिलाका बारेमा आधारीत विभिन्न झाँकीहरु प्रदर्शन गर्ने विगत लामो समयदेखिको ईतिहासलाई मेट्न नदिन कार्यक्रमको थालनी भएको उनले बताए । हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्वको रुपमा भगवान कृष्णको जन्म दिवस मनाउने प्रचलन आदिमकालदेखि रहेको भन्दै यसलाई बुटवलमा पनि विगत ५८ वर्षदेखि मनाउने प्रचलन शुरु गरेको अध्यक्ष श्रेष्ठको दाबी छ ।

जन्माष्टमीको राती १२ बजे विशेष पुजा आजा गरि भोलीपल्ट झाँकीलाई नगर परिक्रमा समेत गराइने गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको कथा धर्मग्रन्थहरुमा पढ्न पाईन्छ । जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ । यसै उपलक्ष्यमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका कृष्ण मन्दिरहरुमा झाँकीसहित शोभायात्रा निकालिने चलन छ । भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरु कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन् ।

मन्दिर व्यवस्थापन समितिका सल्लाहकार जीवनप्रसाद ओझाले पुरानो खस्यौली बजारमा रहेको कृष्ण मन्दिरलाई व्यवथित गर्दै २०१२ सालमा बुटवल ५ नेपालगञ्ज रोडमा मन्दिर बनाएर पुजा शुरु गरिएको बताए । तत्कालिन समयका पुजारी हरेराम बाजेको अगुवाईमा मन्दिरमा मुर्ति स्थापना गरिएको उनले बताए । जन्माष्टमी पर्वमा हरेक बर्ष झण्डै ५ लाख खर्च हुने गरेको छ । यस वर्ष भाद्र ३ गते जन्मागटमी पर्व पर्न गएको छ ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  १० : ११ बजे

कालिका टोल आमा समुहद्वारा नन्दिनी गौशालामा खाद्यान्न प्रदान

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्‍यो’

ललितपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक एवं

वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्न प्रभु साहको माग

वीरगन्ज । आम जनता पार्टी (आजपा)ले मुलुकमा बढदै गईरहेको भ्रष्टाचारका

मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन

वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले