२८ मंसिर २०८२, आइतबार | December 14, 2025

पान्डामिक भर्चुअल गेम्समा नेपाललाई चार स्वर्ण प्राप्त



काठमाडौं । विश्व मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) ले आयोजना गरेको अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण पदक जितेका छन् ।

अनलाइनमार्फत गरिएको प्रतियोगितामा नेपालले ४ स्वर्णसहित २ रजत र १ कांस्य गरि कुल ७ पदक जितेको हो । प्रतियोगितामा नेपालका सञ्जयराज पुटुवार र कमल मगरले दोहोरो पदक जितेका छन् ।

पुरुष ताइचीको सफ्ट स्टायलमा कमलले स्वर्ण जितेका छन् भने नन् ट्रेडिसनल वेपनमा कांस्य हात पारेका छन् । पुरुषतर्फ सञ्जयले सफ्ट स्टायल तथा ट्रेडिसनल वेपन दुवै विधामा रजत प्राप्त गरेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी दिनुभयो ।

महिला ताइचीमा जमुना गुरुङ तथा पुरुष फम्स विथ म्युजिकमा सुदीप श्रेष्ठले स्वर्ण जिते । महिला ताइचीको सफ्ट स्टायलमा मुन्नी सुवेदी लामा तामाङले स्वर्ण जित्न सफल भइन् ।

प्रतियोगिता अस्ट्रियाको ब्रिगेन्जमा मे २८ देखि ३० तारिखसम्म भएको थियो । प्रतियोगितामा विभिन्न चार महादेशबाट १४ राष्ट्रका २ सय ३३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पदक जित्न सफल भएका छन् ।

खेलाडीले डब्लुएमएसीमा आफूले सहभागिता जनाउने स्पर्धाको १ देखि ३ मिनेट सम्मको श्रब्यदृष्य पठाउनु पर्ने थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ६ : १७ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%