२८ मंसिर २०८२, आइतबार | December 14, 2025

भारतबाट फर्किनेको लर्को बढेको बढ्यै, फर्केकाहरुलाई क्वारेन्टिनमा राख्नै सकस



जुम्ला । भारतबाट दिन प्रतिदिन सयौँको सङ्ख्यामा नेपाली नागरिक जुम्लामा भित्रिन थालेपछि उनीहरूलाई क्वारेन्टिनमा राख्न यहाँका स्थानीय तहलाई सकस भएको छ ।

जिल्लामा भएका एकीकृत क्वारेन्टिन कर्णाली प्राविधिक शिक्षालय, लामास्थित दुर्गा मावि, कुडारीस्थित सरस्वती मावि र रारालिहीस्थित कुडारी मावि भरिभराउ भएका छन् ।

ती क्वारेन्टिनमा अहिले ६३० जनालाई राखिएको छ । थप क्वारेन्टिन बनाउन स्थानीय तहहरू लागिपरेको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

यसअघि निर्माण व्यवसायी सङ्घको भवनमा बनाउने भनिएको क्वारेन्टिन स्थानीयवासीले अदातलमा मुद्दा हालेका कारण अघि बढ्न सकेको छैन ।

अदालतले हाललाई क्वारेन्टिन नबनाउन अन्तरिम आदेश दिएको निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो ।

“क्वारेन्टिन बनाउने जिम्मेवारी पालिकाको हो । हामीले सुरक्षा दिने हो । हामीले दिएकै छौँ”, उहाँले भन्नुभयो, “क्वारेन्टिन बनाउन ठाउँठाउँ जाँदा स्थानीयवासीले अवरोध गरेका कारण सकिएको छैन, प्रशासनले मात्रै केही गर्न सक्दैन ।” स्थानीयवासीले बस्तीछेऊ क्वारेन्टिन बनाउन अवरोध गर्ने गरेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ८ : १९ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%