२८ मंसिर २०८२, आइतबार | December 14, 2025

संक्रमण पुष्टी भएर पनि संगै राखेपछि दैलेखमा क्वारेन्टाइनबाटै फरार



दैलेख । क्वारेन्टाइनमा रहेका केहिलाई कोरोना संक्रमण पुष्टी भएपछि पनि अन्यत्र नसारीएपछि दैलेख सदरमुकाम स्थित एक क्वारेन्टिनमा रहेकाहरु क्वारेन्टाइन छाडेर निस्केका छन् ।

नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरुले सोमबार क्वारेन्टाइन छाडेका हुन् ।

२ दिन अघि पुष्टी भएका १७ जना र त्यसपछि पुष्टी भएका थप १७ जनालाई संक्रमण पुष्टी भएपछि पनि सोहि क्वारेन्टाईनमा राखिए पछि क्वारेन्टाईनमा रहेका अन्य क्वारेन्टाइन छाडेर निस्केका हुन् ।

१०५ जनाको क्षमता भएको क्याम्पसमा भारतबाट आएका २१९ जनालाई राखिएको थियो ।

यता प्रहरीले भने क्वारेन्टाइन छाडेर बाहिर निस्केकालाई पुन क्वारेन्टाइनमै राखिएको बताएको छ ।

पछिल्लो २ हप्ता देखि दैलेखमा मजदुरीको लागि भारत गएका नागरिकहरु ठूलो संख्यामा भित्रिएका छन् । हाल नारायण नगरपालिकामा मात्रै १ हजार ४ सय बढी भारतबाट आएका स्थानीय बिभिन्न क्वारेन्टाइनमा बस्दै आएका छन् ।

भारतबाट आउने क्रम नरोकिएकोले व्यवस्थापनमा कठिनाइ भएको मेयर रत्नबहादुर खड्काको भनाइ छ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ८ : ३१ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको