१२ मंसिर २०८१, बुधबार | November 27, 2024

नेपाली संसदीय टोली र बंगलादेशकी प्रधानमन्त्रीबीच भेटवार्ता



काठमाडौं । नेपाली सांसदहरुको प्रतिनिधिमण्डलले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गरेको छ । भेटवार्टा बंगलादेशको राजधानी ढाकास्थित हसिनाको कार्यालयमा भएको थियो ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा ८ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल अहिले बंगलादेश भ्रमणमा रहेको छ ।

भेटवार्तामा द्विपक्षीय र आर्थिक सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको थियो ।

सभापति खरेलले बंगलादेशकी प्रधानमन्त्रीसँगको भेटमा दुई देशबीच संसदीय कार्यक्रमको आदानप्रदान अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिएको ढाकास्थित नेपाली दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले जलविद्युत, व्यापार र पर्यटन क्षेत्रमा स्थापित संयन्त्रमार्फत सहकार्यलाई तीव्रता दिएमा दुवै देशलाई फाइदा पुग्ने बताएकी थिइन् ।

बंगलादेशकी प्रधानमन्त्री हसिनाले भेटमा सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्राममा नेपाली नेताहरुको योगदान र सहयोगको स्मरण गरेकी थिइन् । नेपाल र बंगलादेशबीच द्विपक्षीय सम्बन्ध प्रगाढ रहेकोमा उनले सन्तोष व्यक्त गरेकी थिइन् ।

बिहीबार बंगलादेशको विदेश मामिलासम्बन्धी संसदीय समितिसँग नेपालको संसदीय प्रतिनिधिमण्डलले अन्तरक्रिया गरेको थियो । दुवै देशका संसदमा मित्रता समूहको स्थापनालगायत संसदीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा अन्तरक्रिया केन्द्रित थियो ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ४ : ४७ बजे

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ माघमा

काठमाडौं । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण

स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै

वालिङ । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका-७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक

गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

गोरखा । सहिद लखन गाउँपालिकामा टोेलटोलमा पुगेर पालिकाभित्रका गर्भवतीलाई निःशुल्क

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै

गलकोट । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल