२३ भदौ २०८१, आइतबार | September 8, 2024

नबिल बैंकले गर्यो कनकाई नगरपालिकामा डिजीटल बैंकिङ्ग तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम



झापा । नबिल बैंकले कनकाई नगरपालिकामा डिजीटल बैंकिङ्ग तथा वित्तीय नबिल बैंकले गर्यो कनकाई नगरपालिकामा डिजीटल बैंकिङ्ग तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीहरुको उत्साहपूर्ण सहभागिता थियो ।

दिगो बैंकिङलाई प्रबद्र्धन गर्न गरिएको यस कार्यक्रममा बोल्दै प्रमुख अतिथी कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको बिस्तार र विकासमा वित्तिय क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले नबिलले गर्दै आएको दिगो बैंकिङले युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यापार व्यवसाय प्रबद्र्धन गर्न थप हौसला दिएको बताए ।
कार्यक्रममा सम्बोधन गर्दै उपमेयर आशा शिवाकोटीले रोजगारीका अवसर सृजना गर्न साथै उद्यमशिलता प्रबर्धन गर्न वित्तिय क्षेत्रको विशेष भुमिका रहने जानकारी गराए ।

विशेषतः स्थानीय क्षेत्रको कृषि प्रबद्र्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरतामा केन्द्रित रहेको कार्यक्रममा बोल्दै नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठले डिजिटल बैंकिङ आजको आवश्यकता भएको र QR कोडले व्यवसायमा पु¥याउने योगदानका विषयमा प्रष्ट पारे ।

नबिल बैंकका दिगो बैंकिङका प्रमुख लिला प्रसाद ओझाले नबिल दिगो बैंकिङको विभिन्न आयामहरुको बारेमा प्रस्तुति दिनुका साथै कृषि कर्जा, महिला तथा युवा उद्यमशिल कर्जाका बारेमा जानकारी दिए ।

नेपाल सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ । दिगो बैंकिङ अन्र्तगत किसान कर्जा र उद्यमशील कर्जा मार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ६ : २९ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर