२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कोरोना जोखिम बढ्न नदिन कर्णाली प्रतिष्ठानको टोली दैलेखतर्फ



जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आज बिहानै दैलेख प्रस्थान गरेको छ ।

प्रतिष्ठानले चिकित्सकद्वय डा दिनेश शाही र डा रोज्निम प्रधान तथा जनस्वास्थ्यविज्ञत्रय प्रेम पन्त, निशान्त लामा र प्रतिमा न्यौपानेसहितको टोलीलाई दैलेख खटाएको हो ।

शनिबार दुल्लु नगरपालिका –७ दैलेख पटाङ्गिनी बजारस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका ३५ वर्षीय युवकको कोरोनाले मृत्यु भएपछि तत्काल कोरोना भाइरसको जोखिम बढ्न नदिन चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारको समन्वयमा पठाइएको चिकित्सक एवं स्वास्थ्यकर्मीको टोली करीब एक महिना दैलेख बस्ने जनाइएको छ । रजिष्ट्रार काफ्लेले भन्नुभयो, “टोलीले त्यहाँको अस्पतालको निर्देशनमा समुदायस्तरमा पुगेर उपचारदेखि जनस्वास्थ्य सेवा प्रदान गर्नेछ ।”

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ८ : ५१ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%