४ बैशाख २०८२, बिहिबार | April 17, 2025

माग सम्बोधन नभए कर्णालीको सदन र सरकारका कुनै पनि गतिविधिमा सहभागी नहुने माओवादीको निर्णय



सुर्खेत । माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले माग सम्बोधन नभए सदन र सरकारका कुनै पनि गतिविधिमा सहभागी नहुने निर्णय गरेको छ ।

बुधबार दिउँसो बसेको दलको बैठकले उक्त निर्णय गरिएको माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिइन् ।

माओवादीले मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैली ठिक नभएको बताएको छ । ‘सत्ता साझेदार दल माओवादीलाई पूर्णरूपमा बेवास्ता गरेको दलको निष्कर्ष छ,’ उनले भनिन्, ‘विगतमा पनि गठबन्धनको सरकार थियो । मुख्यमन्त्रीज्यूले माओवादीलाई निस्तेज पार्न खोज्नुभयो ।’

सचेतक शाहकाअनुसार सत्ता साझेदार दलहरूसँग आफूहरूले उठाएका विषयमा छलफल गर्न दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जिम्मेवारी दिने निर्णय गरिएको छ । उनले सभामुखको भूमिकासमेत निष्पक्ष नभएको बताइन् ।

माओवादीले शहीद स्मृति भत्ता, घाइते अपांगताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको योजना वर्तमान सरकारले कार्यान्वयन नगरी बजेट फ्रिज गराएको, सरकारकै कारण माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्वविहीन बनेको, शान्ति पुनःस्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयकलगायतका महत्वपूर्ण विधेयक पारित हुनुपर्ने अडान कायमै राखेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ४ : ४० बजे

आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन २६ वर्षपछि कार्यान्वयनमा

काठमाडौं । सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन

कांग्रेसको निस्कर्ष – गठबन्धन दलहरुभित्र थप समन्वय र सन्तुलन आवश्यक

काठमाडौं । नेपाली कांग्रेसले सत्तारूढ गठबन्धन दलहरुभित्र थप समन्वय र

देउवा निवासमा कांग्रेस पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी तथा मन्त्रीहरूको संयुक्त बैठक

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा दुई

अत्याधिक वर्षा हुँदा हुम्लामा बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

हुम्ला । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका-३