२८ मंसिर २०८२, आइतबार | December 14, 2025

केएल दुगडको ज्ञान मखाना बजारमा, ब्रतालुहरुको लागि समेत उपयोगी भएको दाबी



काठमाडौँ । खाद्य उद्योगमा योगदान दिँदै आएको केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन बजारमा ल्याएको छ । दुगड समुह अन्तर्गतको ज्ञान ब्राण्डले ज्ञान मखाना नेपाली बजारमा भित्र्याएको हो ।

लामो समयको अनुसन्धान र परिक्षण पछि ज्ञान मखाना बजारमा ल्याईएको केएल दुगड ग्रुपका प्रवन्ध निर्देशक प्रदिप छाजेडले जानकारी दिए । खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न परिक्षण गरि मखनाको स्वाद र गुणस्तर तयार गरिएको छाजेडले बताए ।

स्वास्थ्य, स्वाद र पाचनका लागि समेत सबैले उपभोगको लागि योग्य रहेको कम्पनीले दाबी गरेको छ । लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको बताइएको छ ।

उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाको रूपमा पनि उपभोग गर्न सकिने कम्पनीले जनाएको छ । मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान पनि सकिने कम्पनीले जनाएको छ । यो खीरसहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न मिल्ने निर्देशक छाजेडले बताए ।

ज्ञान मखाना मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २०० ग्राम प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

केएल दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा, ज्ञान चामलको पिठो, ज्ञान कोदोको पिठो जस्ता लोकप्रिय खाद्य उत्पादनहरु लामो समयदेखि बिक्री गर्दै आएको छ ।

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ८ : ३८ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%