१४ आश्विन २०८१, सोमबार | October 1, 2024

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाइने



काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ । उहाँको निधनप्रति गहिरो दुस्ख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ,’ मन्त्रिपरिषद्को निर्णयमा थप भनिएको छ । शोकका दिन कुनैपनि सरकारी औपचारिक कार्यक्रम आयोजना नहुने गृहमन्त्रालयले जनाएको छ ।

गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको हो । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि आज बिहान गोली प्रहार भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ८ : १२ बजे

१६ महिनापछि पक्राउ परेका नगरप्रमुख नेपालीलाई अदालत पेस

बागलुङ । बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ढोरपाटन

तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौँ । सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ

धादिङको मलेखुमा सुख्खा पहिरो: पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौँ । पृथ्वी राजमार्ग पहिरोले पूर्णरुपमा अवरुद्ध भएको छ ।

दुर्गा प्रसाईविरुद्ध दुई वटा साइबर अपराधको मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा

दाउन्नेमा सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध

नवलपरासी । पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको छ