काठमाडौं । सरकारले कोरोना भाइरसको महामारीले देशको अर्थतन्त्र लगायत प्रमुख क्षेत्रमा गम्भीर प्रभाव पार्न थालेको बताएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र समस्यामा पर्न थालेको स्वीकार गर्नुभएको हो ।
विश्वकै अर्थतन्त्रमा परेको नकारात्मक असर नेपालमा परेको खतिवडाले बताउनुभयो ।
खतिवडाले भन्नुभयो, ‘विश्वव्यापी महामारी कोरोनाका कारण विश्वले मानवीय र आर्थिक संकट सामना गरिरहेको छ । विश्वको अर्थतन्त्रमा संकुचन आइरहेको छ । उत्पादन, व्यापार र लगानी सम्मका श्रृंखला संकुचित भइरहेका छन् । नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रहरूमा गम्भीर प्रभाव पर्न लागेको छ ।’
कोरोनाले स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव रोक्न स्वास्थ्य बजेटमा भने ९० अर्ब रकम विनियोजन गरेको छ । यो अहिलेसम्मको सबैधन्दा धेरै रकम हो ।
प्रतिक्रिया