२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

स्याङ्जा पनि कोरोनाबाट मुक्त रहेन, ३ जनामा संक्रमण पुष्टी



पोखरा । अहिले सम्म ग्रीनजोनकारुपमा रहेको स्याङ्जा जिल्लामा पनि कोरोना संक्रमित पुष्टी भएको छ । बिहीबार बिहान पोखराको प्रदेश प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या नौ सय ८० पुगेको छ।

पोखरामा गरिएको स्वाब परीक्षणका क्रममा एक महिलासहित तीन जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

वालिङका २२ र २६ वर्षका दुई पुरुष तथा वालिङकै ३९ वर्षकी एक महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ। संक्रमण पुष्टि भएका तीनैजना गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा थिए।

उनीहरुलाई गाउँको क्वारेन्टाइनबाट सदरमुकामस्थित सरकारी अस्पतालमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ।
आजै प्रदेश २ मा ७६ जनामा कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ११ : ०४ बजे

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध