२८ मंसिर २०८२, आइतबार | December 14, 2025

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय



काठमाडौं । अमेरिकाले अन्ततः एमसीसी परियोजना बन्द गर्ने निर्णय गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अतिविश्वासप्राप्त इलोन मस्कले नेतृत्व गरिरहेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डज) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको हो ।

अब विभिन्न देशमा एमसीसी अन्तर्गत संचालित परियोजनाहरु बन्द हुनेछन् । एमसीसी बन्द हुँदा नेपालको विकास पूर्वाधारमा निकै ठूलो धक्का लाग्ने देखिएको छ । नेपालले एमसीए नेपालको नेतृत्वमा विद्युत प्रसारणलाईन निर्माण र सडक पूर्वाधार विकास गर्ने गरी योजना अघि बढाएको थियो । एमसीसीमा नेपाल सरकारले समेत २० अर्बभन्दा बढी खर्च गर्दैछ । तर अमेरिकाले ५० अर्बको सहायता रोक्कागरेपछि ती पूर्वाधार निर्माणको काम अघि बढाउन नेपाललाई नै दायित्व थपिने भएको छ ।

एमसीसीलाई तत्कालिन अमेरिकाी पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले विश्वमा आर्थिक वृद्धि र गरिबी घटाउन स्थापना गरेका थिए।

यसअघि राष्ट्रपति ट्रम्प निर्वाचित भएलगत्तै यूएसएड लगायतका सबै विकास सहायता संस्थाहरुलाई ९० दिनसम्म स्थगित गर्ने निर्णय गरेका थिए । यसमध्ये यूएसएड पहिल्यै बन्द भैसकेको छ ।

डजले एमसीसीमा कार्यरत कर्मचारीहरुलाई संस्था बन्द हुन लागेको जानकारी गराइसकेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ११ : ४५ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%