२८ मंसिर २०८२, आइतबार | December 14, 2025

मन्त्रिपरिषद हेरफेर, शिक्षा मन्त्री रघुजी पन्त, उर्जा राज्यमन्त्री तामाङ बर्खास्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर गरेका छन्।

यस अघि २५ सदस्यीय रहेको मन्त्रिपरिषद अब २४ सदस्यीय भएको छ। राष्ट्रपतिको कार्यालयको पत्र अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन्।

यसअघि नेकपा एमालेकै विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि पन्त शिक्षा मन्त्री नियुक्त भएका हुन्। उनको शपथग्रहण भोलि बिहीबार हुदैँछ । उनी परराष्ट्र मन्त्री आरजु राणा पछि आठौं बरियताक्रममा समावेश भएका छन् ।

यस्तै, प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्। राष्ट्रपति कार्यालयको पत्रमा उनको नाम उल्लेख छैन् । राज्यमन्त्री तामाङले विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा बोल्दै आएका थिए ।

 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ३७ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई