२८ मंसिर २०८२, आइतबार | December 14, 2025

आईपीएल : लखनउलाई दिल्लीले आठ विकेटले हरायो



काठमाडौं । इन्डियन प्रियिमयर लिग (आईपीएल)मा दिल्ली क्यापिटलले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हराएको छ । यो संगै दिल्लीको प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको छ । १६० रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा १६१ रन बनाएको हो ।

दिल्लीका लागि लोकेश राहुल (केएल)ले ५७ रन बनाए । ४२ बलको सामना गरेका उनले तीन चौका र तीन छक्का प्रहार गरे । उनले कप्तान अक्षर पटेलसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे । पटेलले २० बलमा ३४ रन जोडे । प्रारम्भिक ब्याटर अभिषेक पोरेलले ५१ रन जोडे । लखनउका आइडन म्याक्रमले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । पहिलो १० ओभरमा ८७ रन बनाउँदै १ विकेट गुमाएको लखनउलाई कम योगफलमा सीमित गर्ने क्रममा दिल्लीका मुकेश कुमारले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए ।

लखनउका म्याक्रमले ३३ बलमा ५२ रज जोडे । मिचेल मार्सले ३६ बलमा ४५ रनको योगदान गरे । आयुश बडानीले २१ बलमा ३६ रन बनाए । सातौँ क्रममा झरेका ब्याट्सम्यान ऋषभ पन्त दुई बलमा कुनै रन नजोड्दै आउट भए । उनले पारीको अन्तिम दुई बल सामना गरेका हुन् । दिल्ली ८ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा छ भने लखनउ ९ खेलमा १० अङ्कसहित पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : २१ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%