२८ मंसिर २०८२, आइतबार | December 14, 2025

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु



धनुषा । धनुषामा आमाले विष खुवाउँदा तीन जना छोराछोरीको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा उपचाररत छिन् । सहिदनगर नगरपालिका-५ स्थित बासुदेवपट्टी बस्ने सुशील साहका ३० वर्षीय श्रीमती बविता साहले आफ्नै छोराछोरीलाई विषादी खुवाएकी हुन् ।

विष खाएर उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीय छोरी आकृति साह र २ वर्षीय छोरी आरुसी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । विषादी सेवनबाट गम्भीर अवस्थामा पुगेकी बविताको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए ।

प्रहरीका अनुसार सोमबार साँझ ६:४० बजेको समयमा विष सेवन गरेको अवस्थामा फेला परेका थिए । स्थानीयले तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो । अस्पताल लैजाँदा तीनैजनाको मृत्यु भइसकेको थियो ।

उनका अनुसार गर्भवती रहेकी बविताको पेटमा रहेको ९ महिनाको बच्चालाई अप्रेसन गरी जीवितै उद्धार गरिएको छ । घरायसी विवादका कारणले उनले बच्चाहरूलाई विष खुवाइ आफूले पनि विष खाएको सोधपुछका क्रममा खुलेको प्रहरीको भनाइ छ । ‘पहिले पनि दिनदिनै विवाद भइरहन्थ्यो भन्ने कुरा आएको छ । थप अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक यादवले भने ।

राति पौनै ९ बजे मात्र प्रहरीलाई खबर आएपछि घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरायसी विवादमा पविताले तीनै छोराछोरीलाई विष सेवन गराई हत्या र आफूले स्वयम विष सेवन गरी आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ५ : ३३ बजे

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%