२८ मंसिर २०८२, आइतबार | December 14, 2025

जुम्लामा आजदेखि हिमाली संवाद हुँदै



जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा आजदेखि सुरु हुने हिमाली संवादको सम्पूर्ण तयारी पूरा भएको छ । आजदेखि सुरु हुने उक्त कार्यक्रम बुधबारसम्म सञ्चालन हुनेछ ।

सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गर्दै संवादले यकीन गरेका हिमाली क्षेत्रका समस्यालाई स्थानीय, प्रादेशिक, सङ्घीय र अन्तरराष्ट्रियस्तरमा उठान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संवाद आयोजक समितिका प्रमुख गोविन्दबहादुर शाहीले बताए ।

कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालका कार्यकारी निर्देशकसमेत रहेका शाहीले कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लामध्ये आठ जिल्लाका युवा सहभागी हुने जानकारी दिए ।

उनले भने, “यहाँका बालबालिका, युवा, तथा पछाडि परेका समुदायको सहभागिता रहने छ ।” जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको वातावरणीय असन्तुलन, हिउँको पग्लने दरमा वृद्धि, जैविक विविधता सङ्कट तथा स्थानीय बासिन्दाको जीवनशैलीमा परेको प्रतिकूल असरलाई मध्यनजर गर्दै ‘हिमाली संवाद २०८२ जुम्लामा आयोजना गरिएको किर्डाक नेपालका कार्यकारी निर्देशक शाहीले बताए ।

कार्यक्रममा वातावरण विज्ञ, नीतिनिर्माता, हिमाली क्षेत्रका समुदाय प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता तथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

संवादमा कर्णाली प्रदेशका हिमाली समुदायका बालबालिका, आदिवासी र सीमान्तकृत समुदाय, महिला र किशोरी, हिमाली क्षेत्रमा कार्यरत नागरिक समाज सङ्गठन, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय, सरकारीतर्फका सहभागी, स्थानीय सरकारका प्रतिनिधि र नीतिनिर्माता, प्रदेश र सङ्घीय सरकारबाट प्रतिनिधित्व गरी करिब १५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : ३५ बजे

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%