काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंको माइतीघर–नयाँ वानेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ ।
राप्रपाका नेता कार्यकर्ताहरु नयाँ वानेश्वर क्षेत्रमा जम्मा भएर निषेधित क्षेत्र नजिकै प्रदर्शन गरिरहेका छन् । उनीहरुले निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि केहीबेर प्रहरीसँग धकेलाधकेल समेत भएको छ । प्रहरीले निषेधित क्षेत्र नतोड्न माइकिङमार्फत प्रदर्शनकारीलाई सम्झाउने प्रयास गरेको छ ।
राप्रपाको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेता भने अझै उपस्थित भएका छैनन् । उनीहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रहेका छन् । राप्रपा संसदीय दलको कार्यालय बाहिर ठूलो संख्यामा सुरक्षाकर्मीको तैनाथी गरिएको छ । प्रहरीले आफुहरुलाई प्रदर्शनमा भाग लिन जान रोकेको उनीहरुले आरोप लगाएका छन् ।
आफ्ना पार्टी नेता बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालगायतको रिहाइको थप माग राखेर राप्रपा प्रदर्शनमा उत्रिएको हो ।


















प्रतिक्रिया