२८ मंसिर २०८२, आइतबार | December 14, 2025

तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न



तिलोत्तमा । नेवा देय् दबु तिलोत्तमाको आयोजनामा सञ्चालित १५ दिने नेपाल भाषा प्रशिक्षण कार्यक्रम एक समारोहका साथ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका मेयर श्री रामकृष्ण खाणले नेपालभाषा (नेवारी भाषा) मात्र भाषा नभई संस्कृति, इतिहास र पहिचानको धरोहर भएको बताउँदै यसको संरक्षणमा नयाँ पुस्ताको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको धारणा राखे ।

उनले नगरपालिकाले मातृभाषा र संस्कृति जोगाउनका लागि यस्ता कार्यक्रमहरूलाई आवश्यक सहयोग गर्न सकिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिनेश कक्षपतिले गर्नुभयो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर श्रेष्ठले दिएका थिए । अध्यक्ष कक्षपतिले सहभागी प्रशिक्षार्थीहरूमा भाषा सिक्ने उत्साह बढेको उल्लेख गर्दै यस्ता कार्यक्रमले संस्कृति र पहिचानको संरक्षणमा समेत टेवा पुग्ने बताए ।

कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष श्री कृष्ण पौडेल, नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष श्री लोकहरी श्रेष्ठ, झिगु नेवा पुचः शंकरनगरका वरिष्ठ उपाध्यक्ष दुर्गा श्रेष्ठ, नेवा देय् दबु जिल्ला सदस्य तीर्थ उदय, तथा प्रशिक्षक डा. निरञ्जन लाल कक्षपतिले नेपालभाषाको महत्व, संरक्षण र पुस्तान्तरणका पक्षमा आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा नेवा देय् दबु रूपन्देही जिल्ला समितिका वरिष्ठ उपाध्यक्ष श्री अरुणा श्रेष्ठ तथा तिलोत्तमा नगरभित्रका विभिन्न खल पुचःका अध्यक्ष र प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो ।

उक्त तालिममा ४० जना प्रशिक्षार्थीहरूले सहभागिता जनाएका थिए । सहभागीहरूले भाषा सिक्न पाएको अवसरप्रति खुसी व्यक्त गर्दै भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग राखेका छन् ।

कार्यक्रमको संयोजन तथा सञ्चालन संस्थाकी सचिव श्रीमती राधा श्रेष्ठ उदयले गरेकी थिइन ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ११ : ३१ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई