२८ मंसिर २०८२, आइतबार | December 14, 2025

आईपीएल : राजस्थान माथि लखनउको नाटकीय जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हराएको छ । रोमाञ्चक खेलमा राजस्थान अन्तिम ओभरमा ९ रन जोड्न नसकेपछि पराजित भयो ।

१८१ रनको लक्ष्य पछ्याएको राजस्थान ५ विकेटको क्षतिमा १७८ रनमा समेटिएको हो । अन्तिम ओभरमा शानदार बलिङ गर्दै अभेस खानले आफ्नो टोलीलाई जित दिलाएका हुन् ।

३ ओभर बाँकी रहँदा राजस्थानका लागि जित हात पार्न २५ रन आवश्यक थियो । साथै ७ विकेट सुरक्षित थियो । सो ओभरमा खानले ५ रन दिएर दुई विकेट लिए । उनले ओभरको पहिलो बलमा यशस्वी जयसवाललाई ७४ रनमा आउट गरे भने चार बलपछि रियान परागलाई आउट गरे । जयसवालले ५२ बलको सामना गर्दै चार चौका र चार छक्का सहित ७४ रन प्रहार गरे ।

खानले अन्तिम ओभरमा ६ रन दिएर एक विकेट लिए । यसअघिका दुई ओभरमा महँगा साबित भएका खानले ४ ओभरमा ३७ रन खर्चेर तीन विकेट लिएका हुन् । उनी सो खेलका प्लेयर अफ द म्याच घोषित भए ।

यो सनसनीपूर्ण जितपछि लखनउ १० अङ्क सहित चौथो स्थानमा उक्लेको छ । राजस्थान भने लगातार चौथो हार सहित चार अंक लिएर आठौँ स्थानमा छ ।

आईपीएलमा पहिलो खेल खेलिरहेका १४ वर्षीय वैभव सूर्यवंशीले २० बलमा ३४ रन जोडे । जयसवाल र सूर्य वंशीले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । राजस्थानका लागि कप्तान रियान परागले २६ बलमा ३९ रन जोडे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले ५ विकेटको क्षतिमा १८० रन जोडेको हो । लखनउका लागि आइडन म्याक्रमले ४५ बलमा ६६ तथा आयुष बडानीले ३४ बलमा ५० रनको योगदान गरे । अब्दुल समादले अविजित रहँदै १० बलमा ३० रन प्रहार गरेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ७ : ०१ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर