२८ मंसिर २०८२, आइतबार | December 15, 2025

ई-सेवाबाट १ करोड रकम चोरी गर्ने २२ वर्षीय युवक पक्राउ



काठमाडौं । काठमाडौं अनामनगर बस्दै आएका कञ्चनपुरका एकै व्यक्तिले चार हजार इ-सेवा अकाउन्ट ह्याक गरेका छन् । ती अकाउन्ट ह्याक गर्दा २२ वर्षीय ती युवकले एक करोड दुई लाख रुपैयाँ चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौं अनामनगर बस्दै आएका युवक राहुल बुढालाई पक्राउ गरेको छ । उनलाई वैशाख २ गते कालिमाटीबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता अंगुर जिसीले बताए । चोरी गरेको रकम उनले पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खातामा रकमान्तर गरेको जिसीले बताए । ‘यो उनले अहिलेको एक साताको अवधिमा गरेको चोरी हो,’ जिसीले भने ।

इ-सेवाले अन्य धेरै अकाउन्ट ह्याक गरेको जनाएको जिसीले बताए । ‘हामीले अप्रिलको एक साताको स्टेटमेन्ट निकाल्दा उक्त बराबरको रकम चोरी गरेको पाइयो,’ उनले भने । बुढाले ती चार हजार व्यक्तिलाई एसएएमएस पठाए । उक्त म्यासेज ‘द अलर्ट’, ‘एटी अलर्ट’ नामका थिए । ती ठगीका लिंक थिए । बुढाले म्यासेजमा खाता ‘सस्पेन्ड’ हुन लागेको भन्दै ‘भेरिफाई गर्न लिंक खोल्न भनेका थिए । ती व्यक्तिहरूले लिंक खोलेपछि बुढाले उनीहरूको इसेवामा सहजै पहुँच पुर्‍याएर रकम चोरीको जिसीको भनाइ छ ।

यसबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए । बुढालाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ६ : ५९ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर