२८ मंसिर २०८२, आइतबार | December 14, 2025

आन्दोलन निर्णायक चरणमा पुग्यो, भ्रममा नपरी सबै माइतीघर आउनु होला : शिक्षक महासंघ



काठमाडौं । शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलन नरोकिने भएको छ । सरकारले बैशाख १२ गते संसद बोलाएर शिक्षा बिधेयक पारित गराउने निर्णय लिए पनि शिक्षकहरूको आन्दोलन भने नरोकिने भएको अध्यक्ष लक्ष्मी किशोर सुबेदीले जानकारी दिए ।

‘हिजो बैशाख २ गतेको आन्दोलनमा सहभागी सबै साथीहरुलाई धन्यवाद । आज बैशाख ३ गते सदा झैं ठिक १२ः०० बजे माइतीघर मण्डला आइपुग्नु होला । हाम्रो आन्दोलन जारी छ,’ उनले भने ।

उनले अगाडी भनेको छन, ‘पहिलो, अब हामी निर्णायक मोडमा आइपुगेका छौं । हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ । त्यसैले अझ  बढी प्रतिबध्दता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन, दोस्रो, देश भरिका सबै साथीहरु आन्दोलनको  यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइ पुग्नुहोला ।’

उनको तर्क छ, ‘अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचार प्रति सचेत रहनुहोला ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘मेरो आन्दोलन, मेरो सहभागिता, बलियो उपस्थिति-बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि ।’

सरकारले प्रदर्शन फिर्ता लिन अनुराेध गरे पनि महासंघ भने पछि नहटने देखिएकाे छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १० : २० बजे

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%