पाल्पा । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एकजना जेष्ठनागरिक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका-३ ओईरीघाटका स्थानीय ७५ वर्षिय पदम बहादुर ठाडा रहेका छन् ।
गयराती ९ बजेको समयमा रामपुर नगरपालिका-३ ओईरीघाट स्थित भित्री कच्ची सडक खण्डमा लाम्टाङबाट ओईरीघाट तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१-००४ प ८०३९ नम्बरको स्कुटर आफै अनियन्त्रीत भई पल्टिन जाँदा स्कुटर चालक ठाडाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्मुटर दुर्घटनाबाट घाइते भएका ठाडालाई उपचारको लागी रामपुर अस्पतालमा पठाईएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटना सम्बन्धी थप अनुसन्धान गरिरकेो प्रहरीले जनाएको छ ।
प्रतिक्रिया