भक्तपुर । रातभरको प्रयासपछि पनि भक्तपुरको विस्का जात्राको क्रममा उठाउने ५५ हात लामो लिंगो आइतबार उठाउन असफल भएको छ । भेलुखेल ल्योसिंखेलमा आइतबार रातभर प्रयास भए पनि ल्योसिद्यो ९लिंगो० उठाउन सफल नभएको हो ।
राति १ बजेसम्म पनि आधी मात्रै उठन सफल भएको थियो । नउठेको लिंगोलाई आज भए पनि उठाई आजै ढाल्ने परम्परा छ ।
परम्परा अनुसार आज दिउँसै उठाउन सफल भए पनि ढाल्न भने साँंझ मात्रै ढालिने छ । दसकपछि यो वर्ष लिंगो उठाउन असफल भएको हो ।
यसअघिका वर्ष पनि कुनैकुनै बेला निर्धारित दिनमा लिंगो उठाउन नसकेको इतिहास छ । ५५ हात लामो अनि ठूलो भएका कारण लिंगो उठाउन सयौं युवालाई पनि घण्टौ लाग्ने गर्दछ ।
प्रतिक्रिया