८ बैशाख २०८२, सोमबार | April 21, 2025

एम्बाप्पेले रातो कार्ड पाएको खेलमा रियलको जित



काठमाडौं । स्टार खेलाडी केलिएन एम्बाप्पेले रातो कार्ड पाएको खेलमा रियल म्याड्रिडले जित हात पारेको छ । स्पेनिस ला लिगाको आइतबार भएको डेपोर्टिभो अल्भाससँगको खेलमा रियलले एन्टेनियो ब्लान्कोलाई हात हालेको कारण एम्बाप्पेलाई पहेँलो कार्ड देखाइए पनि भिडियो रिप्ले हेर्दै रातो कार्ड देखाइएको हो ।

३४ औँ मिनेटमा एडुर्डो कामाभिङ्गाले रियलका लागि गोल गरेका थिए । त्यसको चार मिनेट पछि नै सो घटना भएको हो। रियलले सो खेलमा १-० को जित हात पारेको हो ।

आइतबार भएको अन्य खेलमा एथलेटिक क्लबले रायो भल्कानोलाई ३-१ ले, भिल्लारियलले रियल बेटिसलाई २-१ ले , ओसासुनाले गिरोनालाई २-१ ले हराए ।

ला लिगाको अङ्क तालिकामा बार्सिलोना ७० अङ्कसहित शीर्ष स्थान भने रियल म्याड्रिडको ६६, एट्लेटिको म्याड्रिडको ६० तथा एथलेटिक बिलबाओको ५७ अङ्क छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ७ : ५९ बजे

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

लुम्बिनी कप महिला फुटबल : कर्णालीलाई ६–० ले पाखा लगाउदै एपिएफ सेमिफाइनलमा

नेपालगन्ज । नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा

एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मङ्गलबार नेपाल कम्युनिष्ट