बुटवल । रुपन्देहीमा जारी नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज) को अधिवेशन अध्यक्षमा लक्की चौधरी सहित ४९ सदस्सीय कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ । अध्यक्ष चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
लुम्बिनीमा सम्पन्न संघीय अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना सिल्पकार, महासचिवमा समिर बलामी र अल्पसंख्यक सचिवमा लिला दरई पनि सर्वसम्मत चयन भएका छन् ।
उता, खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्षमा अर्जुन तामाङ र तीन सचिवमा मिलन गाहा, एमबी मगर र सन्दिप श्रेष्ठ, महिला सचिवमा माया पालुङ भने निर्वाचनमार्फत चुनिएका छन् । सचिवमा ८ जनाको प्रतिस्पर्धा भएको थियो ।
अधिवेशनले १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन गरेको फोनिजले जनाएको छ । गत चैत २९ गते उदघाटन भएको सो महाधिवेसन नयाँ नेतृत्व चयनसँग सम्पन्न भएको छ ।
प्रतिक्रिया