९ बैशाख २०८२, मंगलबार | April 22, 2025

सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम गर्न वीरगन्जबासीलाई अनुरोध



वीरगन्ज । हनुमान् जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न परिस्थितिपछि आज भएको राजनीतिक दलका प्रतिनिधिहरुको सर्वदलीय बैठकले शान्तिसुरक्षा र अमनचयनमा खलल पुग्ने गतिविधि नगर्न र सामाजिक सद्भाव कायम गर्न सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ ।

बैठकले स्थानीय सङ्घसंस्था र समुदायलाई र्‍ याली, बन्दलगायत गतिविधि नगर्न अनुरोध पनि गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा भएको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको हो ।

बैठकले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको गरिमालाई आत्मसात् गर्दै सबै धर्म एवं सम्प्रदायसँग सम्बद्ध सङ्घसंस्था विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवद्र्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने हाम्रो राष्ट्रको मर्मअनुसार अघि बढ्न अनुरोध गरेको संयोजक अर्यालले बताए ।

बैठकले घाइते भएका सुरक्षाकर्मी, सञ्चारकर्मी, आमनागरिकको स्वास्थ्यलाभको कामना गर्दै साथै घाइतेहरुको उपचार राज्यले गर्नुपर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस पर्साका सभापति जर्नादनसिंह क्षेत्रीले सामाजिक सद्भाव कायम गरेर शान्ति कायम गर्न आग्रह गरे ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १२ : ०४ बजे

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक

नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालबीच आँखा

सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने

रवि लामिछानेको निवेदन संयुक्त इजलासमा पठाउने आदेश

काठमाडौं । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा

सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

इटहरी । यहाँको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको