काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन भएको छ ।
राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए ।
उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए ।
प्रतिक्रिया