९ बैशाख २०८२, मंगलबार | April 23, 2025

यू-१९ विश्वकप एसिया छनोट : आज नेपालको भिडन्त यूएईसँग



काठमाडौं । आइतबारदेखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आइसिसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट हुँदैछ ।

आइतबारदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुनेछन् । खेल माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । घरेलु टोली नेपालले पहिलो खेलमा आइतबार युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपिनप्रसाद शर्मा टोलीमा अटाएका छन् । खेलको पूर्वसन्ध्यामा शनिबार काठमाडौंमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरिसकेको छ ।

ट्रफीलाई नेपाली यू-१९ पुरुष क्रिकेट टोलीका कप्तान नरेन भट्टसहित युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा नेपालका कप्तान भट्टले नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने बताए । युएई, ओमान, अफगानिस्तान र हङकङका कप्तानहरुले पनि मैदानमा राम्रो प्रदर्शन गर्ने जिकिर गरेका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ७ : ५६ बजे

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका

लुम्बिनी कप महिला फुटबल : नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा

नेपालगन्ज । विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय

आफना ७२ घन्टामा माग पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको चेतावनी

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले आफ्ना माग पूरा गर्न

कक्षा १२ को परीक्षा बैशाख २१ गते

काठमाडौं । वैशाख ११ का लागि तय भएको कक्षा १२

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा