१० बैशाख २०८२, बुधबार | April 23, 2025

पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै रिडी क्षेत्रमा रहेको स्याङ्जाको हुनुमान वाटीका



गुल्मी । गुल्मीको रिडी क्षेत्रमा रहेको कालीगण्डकी गाउँपालिका स्याङ्जाको हनुमान वाटीका यतिबेला धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकसित हुँदै जान थालेको छ ।

यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुराउने उद्देश्यले हनुमान जयन्तीको अवशरमा गुल्मीको पवित्र धार्मिक एवं ऐतिहासिक स्थल रुरुक्षेत्रमा हनुुमान जयन्तीलाई विशेष रुपमा मनाईएको छ । हिन्दु धर्मालम्बीहरुको पवित्र दिनको अवसरमा श्रद्धालुहरुद्वारा रिडी क्षेत्र स्याङ्जाको हनुमान वाटीकामा शनिबार दिनभर श्री हनुमानको विषेश पुजा अर्चना गरिएको थियो ।

हनुुमान जयन्तीेको अवसरमा गुल्मीको रुरुक्षेत्र अन्तरगत रिडी, पाल्पा, स्याङ्जा लगायतका स्थानहरुबाट सयौं भक्तजनहरुको सहभागिता रहेको थियो । श्री हनुमानको जन्मदिनको अवसरमा विश्वभर रहेका हिन्दुजनहरुले हनुमान जयन्तीको अवसरमा विशेष पुजा अर्चना गरेमा मनमा उर्जा र शान्ती प्राप्तहुने किंवदन्ती रहेको छ ।

रिडी क्षेत्रमा रहेको हनुमान वाटीका निर्माणका लागि स्थानीय युवा समाजसेवी शुन्दर कसजुको समन्वयमा गत वर्ष सामाजिक सञ्जाल मार्फत २६ लाख रुपैयाँ सङ्कलन गरी बाटीका निर्माण गरिएको थियो ।

समाजिक सञ्जालबाट सङ्कलीत रकमबाट निर्माण गरिएको हनुमान वाटीका यतिबेला रिडी क्षेत्रलाई धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा परिचित गराएको छ । रुरुक्षेत्रको दर्शन र हनुमान बाटीकाको भ्रमणका लागि आजभोली रिडीमा दिनहुँ सयौं पर्यटकहरुको आवागमन हुने गर्दछ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ७ : ०६ बजे

अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड सञ्चालन

नवलपरासी । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-बुटवल सडकखण्ड दुईतर्फी

डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-१ गोल्डेनमा सवारी दुर्घटना

जम्मू-कश्मीर आक्रमण : एक नेपाली सहित २८ जनाको मृत्यु

पाहलगाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौँ । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक

आईपीएल : लखनउलाई दिल्लीले आठ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रियिमयर लिग (आईपीएल)मा दिल्ली क्यापिटलले लखनउ सुपर