८ बैशाख २०८२, सोमबार | April 21, 2025

नयाँवर्षको अवसरमा लोक तथा दोहोरी गीत प्रतिष्ठान रूपन्देही शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन



बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रूपन्देहीले नयाँ वर्ष वि.सं २०८२ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन गरेको छ ।

शनिबार आयोजना गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालिका-८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा रुपन्देहीका संरक्षक खेमबहादुर हमाल, केन्द्रीय सचिव सीता रानामगर, सल्लाहकार जयप्रकाश भट्टराईलगायतले भित्ते पात्रोको विमोचन गरे ।

सोही अवसरमा बोल्दै वडाध्यक्ष पंगेनीले कला संस्कृति राष्ट्रको गहना भएको हुँदा यसको संरक्षणका निम्ति कलाकारहरु निस्वार्थ भावनाका साथ निरन्तर लाग्नुपर्ने बताए । कलाकारहरुको अभियानमा स्थानीय सरकारले सघाउन तयार रहेको बताउँदै शुभकामना व्यक्त गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रूपन्देहीका अध्यक्ष विजय सापकोटाले संस्थागत विकाससँगै संस्थालाई बलियो बनाउनका लागि सबै कलाकार एकजुट हुनुपर्ने बताए । प्रतिष्ठानले विभिन्न समयमा रचनात्मक कामहरु गर्दै आएको उनले बताए ।

यस्तै कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा रुपन्देहीका संरक्षक खेमबहादुर हमाल, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष डिल्लीनारायण पाण्डे, आजिवन सदस्य तथा प्रदेश सल्लाहकार टंकप्रसाद गैरे, पूर्व अध्यक्ष बिमलराज भट्टराईलगायतले बोल्दै नयाँ वर्षको शुभकामना व्यक्त गरे । संस्थाका प्रथम उपाध्यक्ष रितु थापाको स्वागत तथा सचिव विधान कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ६ : ३५ बजे

लुम्बिनी कप महिला फुटबल : कर्णालीलाई ६–० ले पाखा लगाउदै एपिएफ सेमिफाइनलमा

नेपालगन्ज । नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा

एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मङ्गलबार नेपाल कम्युनिष्ट

अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक वेष्ट्रनलाई

बुटवल । बुटवलमा सम्पन्न अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि

पत्रकार महासंघ रूपन्देहीद्वारा पत्रकार विश्वकर्मालाई आक्रमण प्रयास गर्नेमाथि कारबाही माग

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाले पत्रकार राधेश्याम विश्वकर्मामाथि