९ बैशाख २०८२, मंगलबार | April 22, 2025

भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित



चितवन । भरतपुर अस्पतालले वातावरण प्रदूषणक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको हो । उनले भने, “फार्मेसीमा औषधि दिँदा र खाजाघरमा कागजको झोलाको प्रयोग गरिएको छ ।”
अस्पतालमा बिरामी भेट्न आउँदा कागजका झोला र कपडाका झोला प्रयोग गर्न अस्पतालले बिरामीका आफन्तहरुलाई आग्रह गरेको छ ।
अस्पतालले कुनै पनि कार्यक्रममा प्लाष्टिकका सामग्रीको प्रयोग नगर्ने उनले बताए। प्लाष्टिकका झोलाले वातावरणलाई हानि गर्ने भएकाले प्रयोगमा  रोक लगाइएको हो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १२ : ४४ बजे

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक

नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालबीच आँखा

सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने

रवि लामिछानेको निवेदन संयुक्त इजलासमा पठाउने आदेश

काठमाडौं । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा

सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

इटहरी । यहाँको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको