काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले प्रसाईंलाई काठमाडौं अवतरण गराएको छ । प्रसाईं पक्राउको खबर आए लगत्तै पक्राउको खबरको खण्डन गरेको प्रहरीले आज अर्को विज्ञप्ति जारी गर्दै पक्राउ गरिएको स्वीकार गरेको हो ।
तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको हो । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको छ । यद्देपी प्रहरीले अहिलेपनि झापाको भ्रद्रपुरबाट पक्राउ गरिएको बताएको छ ।प्रसाइंलाई तत्काल काठमाडौं जिल्ला प्रहरी परिसरमा पुर्याइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो ।
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईंलाई प्रहरीले आसामबाट पक्राउ गरेको थियो । प्रसाईंको सचिवालयले भने सुरुमा आसाममा आफै भारतीय प्रहरीसँग आत्मसमर्पण गरेको र त्यसपछि झापा सिमानाकामा नेपाल प्रहरीलाई गिरफ्तारी दिएको बताउँदै आएको छ ।
उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको सुरक्षा स्रोतले जनायो । प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी छ । त्यसका
प्रतिक्रिया