नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने धेरै नामहरु छन् । सायरहरुको शहर, नवाबहरुको शहर, उद्योगीहरुको शहर, बनियाहरुको शहर आदी नामले पनि नेपालगन्जलाई चिनाउन सकिन्छ । भारतका नवाबहरुको शहर लखनउकै नक्कल गर्दै जङ्गबहादुरले बस्ती बसालेर बनाएको शहर भएकाले नेपालगन्जले नवाबहरुको शहरकारुपमा पनि परिचय बनाएको छ ।
विश्व प्रसिद्ध शौखीन नवाबहरु खान लाउन र रमाइलो गर्नमा अब्बल रहेको इतिहासमा पढ्न पाइन्छ । नवावी पहिरन, नवाबी खाना, नवाबी आराम अहिलेपनि समाजमा उदाहरण दिँदा लिने पर्याय नै बन्ने गरेको छ । नवाबहरुको परिकारलाई प्रतिनिधित्व गर्दै नेपालगन्जमा संचालनको तयारीमा रहेको होटल पौवाले आफ्नो मेनुमा नवाबी भेज कवाब सार्वजनिक गरेको छ । होटल पौवाको १८ वटा शाखामा जारी स्वाद उत्सवका सन्दर्भमा नेपालगन्ज शाखाले नयाँ परिकारकारुपमा नवाबी कवाब मेनुमा समावेश गरेको हो ।
नवाबहरुको शहरकारुपमा चिनिएको नेपालगन्जका ग्राहकहरुलाई लक्षित गर्दै नवाबी भेज कवाबको परिकार तयार गरिएको होटल पौवाका कर्पोरेट सेफ एवं संचालक देव न्यौपानेले बताए । सुद्ध साकाहारी रेसिपी प्रयोग भएको नवाबी भेज कवाबमा पौवामा नै तयार गरिएको मसाला र साकाहारी कृषि उपज प्रयोग गरिएको न्यौपाने बताए ।
स्वाद उत्सवमा चौथो दिन सहभागी हुन आएका नेपालगन्जका कम्प्युटर व्यवसायी शिशिर श्रेष्ठले नेपालगन्जका लागि तयार गरिएको नवाबी कवाव उत्कृष्ट परिकार रहेको बताए । उनले मरौटी चिकेन र नवाबी भेज कवाबले नेपालगन्जमा बजार लिन सक्ने आँकलन गरे ।
पौवाबाटै बजारमा स्वाद पस्किएको मरौटी चिकेन र नवावी कवाब तराई पहाड सबै भेगका ग्राहकका लागि मनपर्ने स्वाद बन्न सक्ने पौवा नेपालगन्जका प्रबन्धक गिरीराज पाण्डेले बताए । स्वाद उत्सवको चौथो दिन पौवाले नवाबी भेज कवावसँगै चिकेन साँधेको र पाल्पाको प्रसिद्ध परिकार चुकौनीको स्वाद ग्राहकहरुलाई चखाएको थियो ।
देशभरका १८ वटा शाखाबाट ३ लाख ग्राहकलाई नि-शुल्क पौवाको स्वाद चखाउने लक्ष्यका साथ गत २५ गतेबाट सुरु भएको स्वाद उत्सव आज सकिँदैछ । पौवाले नेपाली नयाँवर्षको अवसरमा आफ्नो ५ वटा शाखामा न्यु इयर इभ गर्ने भएको छ । नवलपुरको हर्कपुर शाखा, रुपन्देहीको भैरहवा र बुटवल शाखा तथा दाङको भालुवाङ र घोराहीमा न्यु इयर इभ आयोजना गरिएको पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए ।
प्रतिक्रिया