९ बैशाख २०८२, मंगलबार | April 23, 2025

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य रणनीति कार्यान्वयनमा



लुम्बिनी । लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा आएको छ । प्रदेश सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको सहकार्यमा उक्त रणनीति कार्यान्वयनमा आएको हो ।

लुम्बिनी प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृतहरूलाई आधारभूत मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिएर कार्ययोजना कार्यान्वयन गरिएको हो । मानसिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्राथमिकतामा राखिएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जानकारी दिए ।

“नीति तथा कार्यक्रममा समावेश गरेर यो अभियानलाई अघि बढाएका छौँ । सबै उमेर समूहमा मानसिक स्वास्थ्यका समस्या देखिएका छन्”, उनले भने, “मानसिक र सामाजिक स्वास्थ्य सुदृढीकरणका लागि रोमिङ नर्स सेवा विस्तार गरेका छौँ । मनोसामाजिक परामर्शदाता परिचालन गर्ने, बालविवाह न्यूनीकरण र प्रजनन स्वास्थ्य सेवा प्रभावकारी बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ ।”

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले मानसिक स्वास्थ्य क्षेत्रलाई अझ सुधार गरेर अघि बढाउन प्राथमिकता राखिएको बताए । प्राध्यापक डा विद्यादेव शर्माले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै नीति तथा बजेट निर्माण गर्न सरकारलाई आग्रह गरे । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले मानसिक स्वास्थ्य सेवा पहुँचयुक्त र स्वास्थ्यकर्मी सेवा प्रवाहमा चुस्त हुनुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा सिएमसी-नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको पाँचवर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । सिएमसी-नेपालका नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै स्वास्थ्य केन्द्रहरूमा आवश्यक सेवा प्रवाह गरिने जानकारी दिए ।

उनले विद्यालय, समुदाय र कार्यस्थलमा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन, मानसिक रोगको रोकथाम तथा सचेतना अभिवृद्धि, मानसिक स्वास्थ्यलाई अन्य सामान्य स्वास्थ्य सेवासँग जोड्ने, आत्महत्या रोकथामका लागि विशेष कार्यक्रम सञ्चालन गरिने बताए । प्रमुख गैरेले यसले जोखिममा परेका समूहको पहिचान र सहयोगमा मद्दत पु¥याउनुका साथै लागुऔषध नियन्त्रण र पुनःस्थापना केन्द्रहरूको सुदृढीकरण पनि रणनीतिमा समेटिएको जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ९ : १२ बजे

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका

लुम्बिनी कप महिला फुटबल : नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा

नेपालगन्ज । विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय

आफना ७२ घन्टामा माग पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको चेतावनी

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले आफ्ना माग पूरा गर्न

कक्षा १२ को परीक्षा बैशाख २१ गते

काठमाडौं । वैशाख ११ का लागि तय भएको कक्षा १२

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा