काठमाडौँ । राजावादीहरुको हिँसात्मक तीनकुने घटनापछि फरार भएका मेडिकल ब्यवसायी दुर्गा प्रसाई पक्रा परेको भन्ने खबरलाई प्रहरी प्रधान कार्यालयले खण्डन गरेको छ । प्रसाईंलाई पक्राउ गरेर नेपाल ल्याईँदै गरेको खबर सार्वजनिक भएसँगै प्रहरीले प्रािईलाई पक्राउ नगरेको जनाएको छ ।
भारतको आसाममा पक्राउ गरेर नेपाल ल्याउँदै गरेको सूचना बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले ‘हालसम्म प्रसाईं पक्राउ नपरेको’ जनाएको हो ।
नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) दिनेशकुमार आचार्यले प्रेस विज्ञप्ति प्रकाशित गर्दै विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको स्पष्ट पारिएको छ । विज्ञप्तिमा हालसम्म प्रसाईं पक्राउ नपरेको भन्दै भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन अनुरोध समेत गरिएको छ ।
पक्राउ परेको सूचना आएलगत्तै प्रसाईंको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको स्टाटस पोष्ट गरेको थियो ।
प्रतिक्रिया