१० बैशाख २०८२, बुधबार | April 23, 2025

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण



काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन् । प्रहरीको उच्च स्रोतले प्रसाइलाई भारतको आसामबाट पक्राउ गरिएको दाबी गरेको छ । यद्देपी प्रसाईको सचिवालयले भने प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ ।

‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ’, उनको सचिवालयले बिहीबार राति सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको उनी माथि आरोप छ । उनले प्रदर्शनकै क्रममा आफैँले गाडी चलाएर प्रहरीलाई किच्नेशैलीमा गाडी अगाढी बढाएका थिए ।

प्रहरी स्रोतले प्रसाई पक्राउ परेको जनाएपनि नेपाल प्रहरीले भने पक्राउ परे नपरेको हालसम्म औपचारिक पुष्टि गरेको छैन ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  १० : ०२ बजे

अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड सञ्चालन

नवलपरासी । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-बुटवल सडकखण्ड दुईतर्फी

डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-१ गोल्डेनमा सवारी दुर्घटना

जम्मू-कश्मीर आक्रमण : एक नेपाली सहित २८ जनाको मृत्यु

पाहलगाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौँ । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक

आईपीएल : लखनउलाई दिल्लीले आठ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रियिमयर लिग (आईपीएल)मा दिल्ली क्यापिटलले लखनउ सुपर