९ बैशाख २०८२, मंगलबार | April 22, 2025

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु



अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भूमिकास्थान–१० लिसेपानी बस्ने ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

बोल्न नसक्ने बेहोसी अवस्थामा रहेका घर्तीलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा ल्याइएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रनाउ मल्लले बताए ।

घरमा अन्य परिवार सकुशल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगन्नाथ मरासिनीले बताए । गएरातिको हावाहुरीले पाणिनि गाउँपालिका–६ धातिबाङमा १७ घर गोठका छाना उडाएको छ ।

वडाभरिमा ११ वटा घर र छ वटा गोठका छानो हुरीले उडाएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए । हुरीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको उनले बताए ।

सन्धिखर्क नगरपालिका–१० धरमपानीका कमल जिसीको कुखुराको खोर गएरातिको हुरीले भत्काई पूर्णरूपमा क्षति भएको छ । खोर भत्किएपछि करिब एक सय ५० वटा ब्वायलर कुखरा च्यापिएर मरेका छन् ।

हुरीसँगै परेको वर्षाका कारण शीतगङ्गा नगरपालिका–१२ देउराली बस्ने भीमबहादुर चित्रेको टिनले छाएको दुईतले कच्ची घरको छानो उडाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । छानो उडाउनाका साथै घरको गारो पनि भत्किएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ९ : ०४ बजे

राप्रपाले बुझायो देशैभरी ज्ञापन पत्र

काठमाडौं । राजतन्त्र फर्काउने आन्दोलनमा सडक आन्दोलनमा रहेको राप्रपाले देशका

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु

धनुषा । धनुषामा आमाले विष खुवाउँदा तीन जना छोराछोरीको मृत्यु

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

शिक्षकसँग वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्ने काम गरे : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परीक्षामा सहभागी हुदैनौं’

काठमाडौं । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा कार्यक्रम