९ बैशाख २०८२, मंगलबार | April 22, 2025

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता : पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा



बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा ट्रिनेटि युवा क्लब, वालिङ फाईनलमा प्रवेश गरेको छ । एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा विहिबार भएको दोस्रो सेमीफाईनल खेलमा एमएससी भारतलाई ४-० गोलले पराजित गर्दै ट्रिनेटि युवा क्लब, वालिङ विजयी हुदै उपाधि दाबेदारी पेश गरेको हो ।

ट्रिनेटि युवा क्लबले शनिबार उपाधिका लागि राईजिङ स्टार क्लब कपिलबस्तुसंग फाईनलमा खेल्नेछ । वर्षाका कारण प्रभावित सिद्घेश्वरी खेल मैदान खेल शुरु गर्न केहि ढिला भयो । ६० मिनेटमा छोट्याईएको खेलमा वालिङको जितमा पुर्णिया राईले ह्याट्रिक गरिन। खेलको १७ मिनेटमा ट्रिनेटि युवा क्लबका पुर्णिमा राईले खाता खोले ।

खेलको २८ औं मिनेटमा ट्रिनेटि युवा क्लबका सिमरन राईले डिबक्सबाहिरबाट गरेको प्रहार एमएससी भारतकी गोलकिपर नितुको हातबाट फर्किएको बललाई पुर्णिमा राईले गोलमा परिणत गरे। खेलको ५० औं मिनेटमा पुर्णिमा राईले आफनो ह्याट्रिक पुरा गरिन । खेलको ५८ औं मिनेटमा सिमरन राईले गोल थप्दै अन्तरलाई बढाए ।

खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेकी वालिङकी पुर्णिमा राई प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन । उपाधिका लागि फाईनल खेल शनिबार हुने संयोजक बुद्घि बहादुर दर्जीले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ७ : २२ बजे

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु

धनुषा । धनुषामा आमाले विष खुवाउँदा तीन जना छोराछोरीको मृत्यु

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

शिक्षकसँग वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्ने काम गरे : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परीक्षामा सहभागी हुदैनौं’

काठमाडौं । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा कार्यक्रम

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक