२८ मंसिर २०८२, आइतबार | December 14, 2025

नेपाली सेनाको गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु



गोरखा । नेपाली सेनाले आजदेखि तेस्रो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित सेनाले गोरखा-जितगढी एकीकरण पदयात्राको थालनी गरेको नेपाली सेना रिपुमर्दन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए ।

“ऐतिहासिक महत्व बोकेका कोट, गढी, किल्लाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै इतिहासलाई जोगाउने पदयात्राको उद्देश्य हो, उनले भने, “सोही उद्देश्यका साथ आजदेखि गोरखा हुँदै जितगढीसम्म पदयात्राको थालनी गरिएको छ ।” सेनाको टोली एघारौँ दिनमा जितगढी पुग्ने छ ।

टोलीले ३०५ किलोमिटर दूरी पार गर्ने प्रमुख सेनानी क्षेत्रीले बताए । पदयात्रामा पृथ्वीनारायण शाहले खडा गरेका कालीबक्स गण, पुरानो गोरख, बर्दवाणी गण, सवुज गण र जितगढीको लडाइँमा भाग लिएको गुरुबक्स पल्टनको टोली सहभागी भएका छन् ।

गोरखा दरबारस्थित हनुमान भन्ज्याङ चौताराबाट नेपालको राष्ट्रिय झन्डा, टर्च लाइट र पाँचवटै गणको झन्डा बोकेर सेनाको टोली पदयात्रामा निस्किएको हो । टोलीले पालुङटारस्थित सतिघाटमा पुगेर तनहुँलाई र तनहुँले पाल्पास्थित सेनाको टोलीलाई झन्डा हस्तान्तरण गर्ने छ ।

त्यसैगरी पाल्पाले रुपन्देही र रुपन्देहीको सेनाको टोली जितगढी पुगेर आगामी वैशाख ७ गते विजयोत्सवमा सहभागी हुने कार्यक्रम रहेको प्रमुख सेनानी क्षेत्रीले जानकारी दिए । तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको लडाइँमा विजयप्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजयोत्सवका रूपमा मनाउने गरिँदै आएको छ । पदयात्राले एकीकरण पदमार्गको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  २ : ३१ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई