९ बैशाख २०८२, मंगलबार | April 23, 2025

आईपीएल : गुजरातको चौथो जीत, राजस्थान रोयल्सलाई ५८ रनले पराजित



काठमाडौं । राजस्थान रोयल्सविरुद्ध ५८ रनको सहज जित निकाल्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

नरेन्द्र मोदी क्रिकेट मैदानमा सम्पन्न खेलमा गुजरातले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १९.२ ओभरमा १५९ रनमै समेटियो ।

राजस्थानका सिम्रन हेटमायरले ३२ बलमा ५२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । कप्तान सञ्जु सामसनले ४१ र रियान परागले २६ रन थपे । यसबाहेक, राजस्थानका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

राजस्थानलाई सस्तैमा रोक्न गुजरातका प्रसिद्द कृष्णाले तीन विकेट लिए । राशिद खानले दुई विकेट लिँदा मोहम्मद सिराज, अर्शद खान र कुलवन्त खेजरोलियाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१७ रनको योगफल तयार पारेको थियो ।

गुजरातका लागि साईले ५३ बलमा आठ चौका र तीन छक्कासहित सर्वाधिक ८२ रनको योगदान गरे । यसैगरी जोस बटलर र शाहरुख खानले समान ३६ रन बनाए । राहुल तेवाटियाले अविजित २४ तथा राशिद खानले १२ रन बनाए ।

राजस्थानका लागि महेश तिक्क्षणा र तुषार देशपाण्डेले समान दुई विकेट लिए । यस्तै, सन्दीप शर्मा र जोफ्रा आर्चरले समान एक विकेट लिए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ७ : ३६ बजे

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका

लुम्बिनी कप महिला फुटबल : नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा

नेपालगन्ज । विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय

आफना ७२ घन्टामा माग पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको चेतावनी

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले आफ्ना माग पूरा गर्न

कक्षा १२ को परीक्षा बैशाख २१ गते

काठमाडौं । वैशाख ११ का लागि तय भएको कक्षा १२

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा