काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा पन्जाब किङ्सले चेन्नई सुपर किंग्सलाई १८ रनले हराएको छ । पन्जाबले दिएको २२० रनको लक्ष्य पछ्याएको चेन्नई ५ विकेटको क्षतिमा २०१ रनमा समेटिएको हो ।
पन्जाबलाई जित दिलाउने क्रममा प्रियांश आर्यले ३९ बलमा ९ छक्का र ७ चौकाको मद्दतमा विष्फोटक शतक प्रहार गरेका थिए । यस भन्दा अघि आईपीएलमा उनी भन्दा कम बलमा शतक बनाउने तीन खेलाडी मात्र छन् । क्रिस गेलले ३९, युसुफ पठानले ३७ तथा डेभिड मिलरले ३८ बलमा शतक बनाएका छन् ।
यता शानदार सुरुवात गरेको चेन्नईका लागि रचिन रविन्द्रले २३ बलमा ३६ रन जोडे भने डेभिड कोन्वे ४९ बलमा ६९ रन बनाए । उनी रिटायर्ड हर्ट भएका थिए । शिवम् दुवेले २७ बलमा ३२ तथा महेन्द्र सिंह धोनीले १२ बलमा २७ रन जोडे । ४ खेलमा तीन जितसहित पन्जाब चौथो स्थानमा छ । पाँच खेलमा लगातार चौथो हार व्यहोरेको चेन्नई नवौँ स्थानमा रहेको छ । आइपिएलको पुछारमा सनराइजर हैदराबाद रहेको छ ।
प्रतिक्रिया