२९ मंसिर २०८२, सोमबार | December 16, 2025

इरानकाे कोइला खानीमा ३ अफगानीसहित ७ को मृत्यु



तेहरान । उत्तरी इरानको एक कोइला खानीमा ग्यास चुहावटका कारण त्यहाँ काम गर्ने ७ कामदारको मृत्यु भएको छ ।

सरकारी समाचार एजेन्सी इरनाका अनुसार सो दुर्घटनामा परी मृत्यु भएका मध्ये ३ जना कामदार अफगानिस्तानको रहेका छन् । समाचार अनुसार राजधानी तेहरानबाट करिब २७० किलोमिटर उत्तरपश्चिममा रहेको दमघान सहर नजिक उक्त दुर्घटना भएको हो ।

राष्ट्रपति मसुद पेजेस्कियानले छानबिन गर्न आदेश दिएका छन् । समाचारमा भनिएको छ कि पहिलो नजरमा यो खानीमा सुरक्षा उपायहरूलाई बेवास्ता गरिएको देखिन्छ ।

इरानमा हरेक वर्ष औद्योगिक दुर्घटनामा करिब ७ सय कामदारको मृत्यु हुने गरेको छ । गत हप्ता पनि उत्तरपश्चिम इरानमा फलाम खानी भत्किँदा त्यहाँ काम गर्ने एक कामदारको मृत्यु भएको थियो ।

सेप्टेम्बरमा पनि पूर्वी इरानको कोइला खानीमा विस्फोट हुँदा दर्जनौं कामदारको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : ५५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको