९ बैशाख २०८२, मंगलबार | April 23, 2025

आईपीएल : लखनउको कोलकाताविरुद्ध रोमाञ्चक जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सविरद्ध लखनउ सुपर जायन्ट्सले चार रनको रोमाञ्चक जित निकालेको छ। कोलकाताको यो लगातार तेस्रो हार हो ।

यो जितसँगै लखनउले पाँच खेलबाट ६ अंक बनाएको छ। समान खेल खेलेको कोलकाताको चार अंक छ । लखनउले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा २३४ रनमा समेटिएको हो ।

कोलकाताका कप्तान अजिंक्य रहाणेले सर्वाधिक ६१ रन बनाए । वेंकटेस अय्यरले २९ बलमा आठ चौका र दुई छक्कासहित ४५ रन बनाए । सुनील नारायण ३० र क्विन्ट डि कक १५ रनमा आउट भएका थिए । जितका लागि अन्तिम समयमा रिन्कु सिंहले अविजित १५ बलमा ६ चौका र दुई छक्का हिर्काउँदै ३८ रन जोडे पनि त्यो पर्याप्त भएन ।

लखनउका आकाश दीप र शार्दुल ठाकुरले समान दुईदुई विकेट लिए ।

इडेन गार्डेन्समा टस हारेर सुरुमा ब्याटिङ थालेको लखनउले तीन विकेट गुमाउँदै २३८ रन जोडेको थियो । उसका लागि निकोलस पुरणले सर्वाधिक ८७ रन बनाए । मिचेल मार्शले ४८ बलमा ६ चौका र पाँच छक्कासहित ८१ रन बनाए भने एडन माक्ररम ४७ रनमा आउट हुँदा डेभिड मिलर चार रनमा अविजित रहेका थिए ।

कोलकाताका हर्षित रानाले दुई विकेट हात पारे ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : १३ बजे

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका

लुम्बिनी कप महिला फुटबल : नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा

नेपालगन्ज । विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय

आफना ७२ घन्टामा माग पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको चेतावनी

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले आफ्ना माग पूरा गर्न

कक्षा १२ को परीक्षा बैशाख २१ गते

काठमाडौं । वैशाख ११ का लागि तय भएको कक्षा १२

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा