८ बैशाख २०८२, सोमबार | April 21, 2025

बिआरआई नेपालका लागि अवसर : नेत्री कोइराला



काठमाडौँ । चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अवधारणाको हालसम्मको उपलब्धि समेटिएको श्वेतपत्रको नेपाली अनुवाद ‘बिआरआई श्वेतपत्र’ लोकार्पण गरिएको छ । फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री सुजता कोइरालालगायतले बिआरआई श्वेतपत्रको लोकार्पण गरे ।

बिआरआई सहकार्यबाट एक दशकमा प्राप्त उपलब्धिलाई दस्तावेजीकरण गर्न चिनियाँ सरकारले प्रकाशन गरेको श्वेतपत्रलाई फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले अनुवाद गरेर सार्वजनिक गरेको हो । श्वेतपत्रले अन्तर्राष्ट्रिय समुदायलाई बिआरआईको मूल्यका बारेमा राम्रो सामझदारी कायम गर्न, उच्चस्तरको सहकार्यमा सहजीकरण गर्न र धेरै मुलुक र जनतामा लाभ प्रदान गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरिएको छ ।

पुस्तकमा विश्व जगत्सँग सम्बन्धित चिनियाँ प्रस्ताव, इतिहासको विरात, वास्तविकताको प्रत्युत्तर, भविश्यमुखी, साझा विकास र समृद्धिका सिद्धान्त, अवधारणा, उद्देश्य र दूरदृष्टि, बहुक्षेत्रगत र बहुआयामिक सम्पर्क सञ्जाल प्रवद्र्धन, परियोजनामा आबद्ध मुलकुलाई लाभ, आर्थिक भूमण्डलीकरण, विश्वव्यापी शासन सुधार, मानव सभ्यताको हित प्रवद्र्धनका साथै बिआरआई सहकार्यको आवश्यकतालगायत विषय समेटिएको छ ।

सो अवसरमा कांग्रेस नेत्री कोइरालाले नेपालका लागि बिआरआई अभूतपूर्व अवसर भएको उल्लेख गर्दै यस परियोजनाले भौतिक पूर्वाधार तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । नेपालजस्तो भूपरिवेष्टित राष्ट्रका लागि अन्तर्राष्ट्रिय व्यापार नाकामा पहुँच आवश्यक रहेको औँल्याउँदै उनले बिआरआईले यस सन्दर्भमा सहजता प्रदान गर्ने बताइन् ।

“बिआरआई परियोजनाको मुख्य लक्ष्य विकास र पारस्परिक लाभ हो, यसले दीगोपनाका साथ भविश्यका लागि आशाको सन्देश दिएको छ, तर नेपालमा यसको कार्यान्वयनबाट अपेक्षित लाभ प्राप्त हुन सकेको छैन, यसको मुख्य कारण बिआरआईप्रतिको गलत बुझाइ हो”, पूर्वपरराष्ट्रमन्त्री कोइरालाले भनिन् ।

श्वेतपत्रका बारेमा प्रकाश पार्दै पत्रकार महेन्द्र सुवेदीले बिआरआई अवधारणाले मानवजगत्का लागि आधुनिकीकरणको अनुभूति दिलाउन नयाँ मार्ग खुला गरेको र विश्व समुदायको साझा भविश्य निर्माणका लागि गरिएका पहललाई सुनिश्चिता प्रदान गरेको जानकारी दिए । एक दशकमा बिआरआई सहकार्यले सहभागी देशलाई वास्तविक लाभ प्रदान गरेको उल्लेख गर्दै उनले आर्थिक भूमण्डलीकरणको सुदृढ विकासका साथै विश्वव्यापी विकासका जटिलताको समाधान र विश्वव्यापी शासन प्रणाली सुधार गर्न यसले सहायता प्रदान गरेको बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ९ : ५६ बजे

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

लुम्बिनी कप महिला फुटबल : कर्णालीलाई ६–० ले पाखा लगाउदै एपिएफ सेमिफाइनलमा

नेपालगन्ज । नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा

एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मङ्गलबार नेपाल कम्युनिष्ट